महोत्तरीमा एक युवती माथि सामूहिक बलाल्कार

स्थानीयद्धारा दोषीलाई कारबाहीको माग

महोत्तरी । आइतबार साँझ महोत्तरीको औरही गाउँपालिकामा एक युवतीको सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेलुका पसल बन्द गरेर घर फर्किन लागेकी एक्काइस बर्षीय युवतीलाई केहि केटाहरुको समुहले सामुहिक बलात्कार गरेको जनाएको छ ।

प्रहरीले ती युवतीको राती नै उद्धार गरी मेडिकल चेकअप गर्दा सामूहिक बालात्कार भएको रिर्पोट आएको बताएका छन । सो घटनामा संलग्न एक जना युवकलाई स्थानीय बासीले नियन्त्रणमा लगी प्रहरीको जिम्मा लगाएका छन ।

राती करिब एघार बजे पक्राउ परेका व्यक्तिको रिहाइ गर्न माग राख्दै उनका आफन्तले प्रहरी माथि आक्रमण गर्दा चार जना प्रहरी जवान घाइते भएका छन ।त्यस घटनाका दोषीलाई कारबाहीको माग गर्दै स्थानीय व्यापारीले अहिले बजार बन्द गरेका छन ।