राजपाद्धारा आन्दोलनका कार्यक्रम घोषणा

असार दश गते देखि अनिश्चतकालिन बन्द

काठमाडौं । काठमाडौंको बिजुलीबजार स्थित पहिलेको तराई मधेश लोकतान्त्रीक पार्टीको कार्यालयमा बसेको राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरुको बैठकले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

आइबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीचको वार्ता सत्तापक्षका दलहरु मधेशी जनताका मागहरु प्रति सकारात्मक नभएको भन्दै राजपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

राजपाले मधेशि जनताको अधिकारको लागि आन्दोलन गर्नुको विकल्प नभएको भन्दै प्रेस विज्ञप्ती मार्फत आफना आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघीय गठबन्धनका कार्यक्रमहरुः–
१. २०७४ ज्येष्ठ २९ गते प्रत्येक सदरमुकाम लगाएतका स्थानहरुमा मसाल जुलुश प्रदर्शन ।
२. २०७४ ज्येष्ठ ३०, ३१ एवं असाढ १,२ गते मधेश,थरुहट र लिम्बुवान बन्द ।
आम हडताल र सोही दौरानमा,
(क) २०७४ ज्येष्ठ ३०, ३१गते प्रत्येक गाउँपालिका, नगरपालिका र महानगरपालिकामा केन्द्रीत भएर निर्वाचन विरुद्ध माईकिङ गर्ने ।
(ख) २०७४ असाढ १ गते प्रत्येक चोक, चौराहा, हाट बजार विरोध प्रदर्शन एवं खबरदारी सभा तथा शहिदहरुको फोटोमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गर्ने ।
(ग) २०७४ ज्येष्ठ २ गते गाउँपालिका, नगरपालिका र महानगरपालिका, स्थानीय तहको निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने तथा लाठी जुलुश प्रदर्शन गर्ने ।

३. २०७४ असाढ ३ र ४ गते वीर शहीदहरुको सम्झनाम सबै निर्वाचन केन्द्रहरुमा शहीहरुको तस्विर प्रदर्शन गर्ने ।
४. २०७४ असाढ ५ गते सबै जिल्ला सदरमुकाम लाठी जुलुश प्रदर्शन गर्ने ।
५. २०७४ असाढ ६ गते देखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रम र गतिविधिलाई अबरुद्ध गर्ने ।
६. २०७४ असाढ ८ गते सबै जिल्ला सदरमुकाम लगाएतका स्थानहरुमा मोटरसाइकल रैली गर्ने ।
७. २०७४ असाढ ९ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुश गर्ने ।
८. २०७४ असाढ १० गते देखि अनिश्चितकालिन आम हडताल ।