‘चन्द्रमा’ चिन्हमा निर्वाचन लड्ने तीन दलको निर्णय

प्रचार प्रसारमा तिव्रता

काठमाडौं । असार चौध गते तोकिएको स्थानीय निकायको चुनावमा समाजवादी जनता पार्टी, लोक दल र बहुजन समाज पार्टी सहभागी हुने निर्णय गरेका छन । अहिले ती दलहरु आफ्नो पार्टीको प्रचार प्रसारमा व्यस्त रहेका छन ।

आइतवार एउटा संयुक्त प्रेस विज्ञप्ती मार्फत तीन वटै दल एउटै चुनाव चिन्ह ‘चन्द्रमा’ लिएर दोश्रो चरणको स्थानीय चुनावमा सहभागी हुने सूचना सार्बजनिक गरेका छन ।

सो विज्ञप्तीमा समाजवादीका अध्यक्ष प्रेमबहादुर सिंह, लोक दलका अध्यक्ष कौशलकुमार सिंह र बहुजनका अध्यक्ष गंगाप्रसाद महराको हस्ताक्षर रहेको छ ।