सिंहदरबारको वार्ता निष्कर्ष विहिनः राजपा आन्दोलनको कार्यक्रम तयारीमा जुट्यो (भिडियोसहित)

आजै आन्दोलनका कार्यक्रम घोषणाः चार बजे पत्रकार सम्मेलन

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । सत्तापक्षका दलहरु आफ्ना मागहरुबारे सकारात्मक नदेखिएको बताउँदै राजपा भने आन्दोलनको तयारीमा जुटेको छ ।

अहिले राजपाका नेताहरु बिजुलीबजा स्थित पहिलेको तराई मधेश लोकतान्त्रीक पार्टीको कार्यालयमा आन्दोलनको कार्यक्रम तयार गर्न जुटेका छन । राजपाले हरपल नेपालसँग कुराकानी गर्दै मधेशि जनताको अधिकारको लागि आन्दोलन गर्नुको विकल्प नभएको बताएको छ ।

राजपाका सह प्रवक्ता कृष्णसिंहका अनुसार सत्तारुढ दलहरु उनीहरुका मागबारे सकारात्मक नभएपछि आजै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेर अघिबढ्ने विषयमा अहिले छलफल हुदैँछ । सह प्रवक्ता सिंहले राजपाको बैठकले आन्दोलनका कार्यक्रमहरु तयार गरेर आज साझँ चारबजे पत्रकार संम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको समेत बताएका छन ।

सरकारसँगको वार्तामा राजपाले पहिले संविधान संशोधन गर्नुपर्ने अडान राखेको थियो । राजपाले जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या नबढेसम्म र मधेस आन्दोलनका मुद्दा फिर्ता नभएसम्म आफुहरु निर्वाचनमा नजाने बताएका थिए ।

राजपाले असार १४ को चुनाव सार्न समेत माग गरेको वार्तामा सहभागि नेताहरुले बताएका छन । राजपाको निर्वाचनको मिति सार्ने मागमा सत्तारुढ दलहरुले ठाडै अस्वीकार गरेपछि राजपाका नेताहरु बैठकबाट बाहिरीएका थिए ।

निर्वाचनको मिति सार्ने विषयमा बाहेक राजपाका अन्य मागहरुको विषयमा भने सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले छलफल गर्दै जानुपर्ने र त्यसमा आफुहरु सकारात्मक भएको बताएका थिए ।

सत्तारुढ दलका नेताहरुले संविधान संशोधन चुनावपछि पारित गराउने आश्वासन दिँदै राजपालाई चुनावमा भाग लिन आग्रह गरेका छन् ।

LOADING...