राजपा विभाजनः फोरम र सदभावनाबीच एकता

फोरम नेपालकै झण्डा र चुनाव चिन्ह रहने

काठमाडौं । नेपाल सदभावना पार्टीसहितका गठबन्धनले बैशाख सात गते राजपा नेपालको गठन गरेका थिए । सो पार्टीबाट सदभावना पुनः विभाजीत भएर संघीय समाजवादी फोरम नेपालसँग एकता गर्ने भएको छ ।

शुक्रवार एक कार्यक्रमबीच दुई पार्टीको एकता हुने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन । सरिता गिरीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्न लागेकी हुन् ।

श्रेष्ठका अुनसार ती दुई पार्टीहरुबीच आज एकता हुने भएको छ । पार्टीका नेता कार्यकर्ताहरुको समायोजन पछि हुने भएको छ । स्रोतका अनुसार एकीकरण भएपछि फोरम नेपालकै नाम, पार्टीको झण्डा र चुनाव चिन्ह रहनेछ ।