मधेशी दललाई चुनावमा सहभागी गराउने मेरो इच्छाः प्रधानमन्त्री देउवा

संविधान संशोधनमा आशंका नगर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा राजपा नेपाल सहितका गठबन्धनलाई सहभागी गराउने आफ्नो इच्छा भएको बताएका छन् ।

शुक्रबारको व्यवस्थापिका संसदमा संविधान संशोधन, मधेस आन्दोलन, पहिलो चरणको निर्वाचन लगयतका विषयलाई अहिलेको सरकारले प्राथामिकताका साथ हेर्ने प्रधानमन्त्री देउवाले बताएका हुन ।

उनले सांसदहरुले उठाएका विषयलाई आफुले सहजाताका साथ लिएको र सम्भव हुनेजति विषय तत्काल कार्यन्वयनमा लैजाने प्रतिबद्धता पनि जनाए ।

उनले संविधान कार्यन्वयन जरुरी भएकाले चुनावलगत्तै संविधान संशोधन गरेर संविधानको सर्वस्वीस्कार्यता बढाउने आफ्नो प्रयासमा आशंका नगर्न आग्रह गरे ।