सरकारले लोकतान्त्रिक अधिकारमाथि तानाशाहि प्रवृत्ति देखाउदै छः अध्यक्ष किरण

नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार भएको बताएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्न खोज्दा नेता, कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गर्नु भनेको सरकारले तानाशाही प्रवृत्ति देखाउन खोजेको वैद्यले बताएका छन ।

अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन भएको लेखिएको छ ।

वैद्यले नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड गरेको र प्रक्राउ गरेकोमा आपत्ति जनाएका छन । र पक्राउ गरिएका नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेका छन ।