मतदान केन्द्रको अनुगमन

बाँके । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका विभिन्न मतदान केन्द्रको अनुगमन सुरु भएको छ ।

निर्वाचनमा भयरहित वातावरण, मतदाता शिक्षा, तथा आवश्यक तयारी लगायतका विषयमा नियमित अनुगमन गर्न लगिएको हो ।

दोश्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सरकारले आफ्नो पूर्णरुपमा तयारी गरिरहेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको संयोजकत्वमा बिहीबार खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका मतदान केन्द्रको अनुगमन गरिएको छ ।

मतदान केन्द्रलाई बर्सातले समेत असर नपर्ने गरी व्यवस्थित गर्ने पहल भइरहेको पन्थले बताए । रासस