पिसाब फेरेको बदलामा हत्या प्रयास

ललितपुर । सडकमा पिसाब फेरेको आरोपमा ललितपुरमा एक युवकको हत्या प्रयास भएको छ ।

बालकुमारीका स्थानीयले विवेक थापामाथि आक्रमण गरी हत्या प्रयास गरेका हुन् ।

आक्रमण गर्ने राजेश महर्जनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । साथीहरूसँग मदिरा पिई घर फर्कने क्रममा बालकुमारीमा सडकमा पिसाब फेरिरहेको स्थानीयले देखेपछि थापामाथि कुटपिट भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनको ग्वार्कोस्थित ग्लोबल अस्पतालमा उपचार भइरहेको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।