कीर्ते कागजात बनाएर भिषा आवेदन गर्नेहरु अब पक्राउ पर्ने

काठमाडौं । सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ।

नक्कली सरकारी कागजात र छाप बनाई विभिन्न देशमा जान आवेदन दिनेक्रम बढ्दा नेपालस्थित विभिन्न दूतावासका कर्मचारी कुन सक्कली कागजात र कुन नक्कली हो भनी छुट्याउन नसक्दा आजित हुँदै आएका छन्।

परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागका महानिर्देशक गहेन्द्र राजभण्डारीले विभागबाट जारी भएका ‘भिसा नोट’ र ‘प्रमाणीकरणका कागजपत्र’ सम्बन्धित दूतावासले हेरी नक्कली वा सक्कली छुट्याउन सक्ने व्यवस्था विभागले मिलाएको जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।