स्थानीय चुनावमा टिकट नपाएको झोकमा माओवादीका केन्द्रीय सदस्य गिरिले दिए राजिनामा (भिडियोसहित)

स्वतन्त्र उम्मेदवार उठ्ने चेतावनी

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष कुलानन्द गिरिले रोल्पाको त्रिवेणि गाउँपालिकाको अध्यक्षमा पार्टीबाट टिकट नपाएको झोकमा राजिनामा दिएका छन ।

आज अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीबाट आफुलाई टिकट नदिएर अन्याय गरेको कारण राजिनामा दिनुपरेको बताए । नेता गिरि रोल्पाको जुगारका स्थानीयवासी हुन ।

नेता गिरिले आफुले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग पटक पटक भेटेर आफुमाथि पार्टीले गरेको अन्यायका विषयमा जानकारी गराउन खोजेपनि भेट्न नपाएको गुनासो गरेका छन ।

उनले लामो समयसम्म पार्टीको काम गरेको र पहिलेदेखि खादैँ आएको शिक्षको जागिर समेत पार्टीमा बढि बेस्त भएकाले छाडेको बताउदै आफ्नो मुल्याङ्कन ठीक ढंगले नगरिएपछि बाध्यतावश पार्टी छाड्नु परेको बताए ।

नेता गिरिले तत्काल कुनैपनि पार्टीमा प्रवेश नगर्ने तर स्वतनत्र रुपमा उक्त गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने बताए। हरपल नेपाल डट कमले सोधेको एक प्रश्नमा जवाफ दिदै उनले चुनाव बहिष्कारको पक्षमा रहेको नेकपाको अवरोध भन्दा पनि स्थानीय जनताहरुले उम्मेदवारी नदिन भनेमा आफु रोकिने बताए ।

उनले जनताको शक्तिको अगाडि सबै झुक्ने भएकाले आफुले त्यसको सधै कदर गर्ने समेत बताए ।

LOADING...