टिपरले किचेर युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा निवासी २२ वर्षीय दिनेश थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।

खानेपानी योजनाका लागि राति ११ बजे बालुवा लिएर गएको बा १ ख २९८७ नम्बरको मिनिटिपर उकालो चढ्न नसकी ओत राख्ने क्रममा पछि सरेर गाडीकै सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस