बुधबार इरानमा आक्रमणः १२ जनाको मृत्यु

पाँच जना पक्राउ

इरान । इरानको राष्ट्रिय संसद तथा आयातोल्लाह खोमेनीको समाधिस्थलमा बुधबार आक्रमण भएको छ । इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्स सेनाले ती आक्रमणका पछाडी साउदी अरेबिया र अमेरिकाको हात भएको आरोप लगाएको छ ।

विद्रोही समूह इस्लामिक स्टेट आइएसले जिम्मा लिएको उक्त हमलाका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ। तेस्रो आक्रमणको तयारी गरिरहेका विश्वास गरिएका पाँच जना पक्राउ परेका छन्।

मध्येपूर्वमा साउदी अरेबिया तथा अन्य अरब राष्ट्रहरुले अतिवादीहरुलाई सहयोग गरेको अनि इरानसंग सम्बन्ध बढाएको आरोपमा कतारसंग सम्बन्ध विच्छेद गरेपछि उत्पन्न तनावका माझ तेहरानमा उक्त घटना भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणका १२ मृतकप्रति समवेदना प्रकट गर्दै आतंकवादलाई प्रश्रय दिने राज्यहरु त्यसैको शिकार हुने खतरा रहेको चेतावनी दिएका छन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)