सरकारलाई चुनौतिः राप्रपाद्धारा सरकार छोड्ने चेतावनी

उपप्रधानमन्त्रीसहित चार मन्त्रालयको माग

काठमाडौं । पूर्व उपप्रधानमन्त्री कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरीने संकेत गरेको छ ।

आफ्नो पार्टी संसदको चौथो ठूलो दल भएकाले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारबाट बाहिरीने थापाले बताएका छन ।

राप्रपा भन्दा केहि साना दलहरुले उपप्रधानमन्त्री सहित उत्कृष्ट मन्त्रालय पाएको र आफ्नो पार्टीको हैसियतको कुनै कदर नभएको भन्दै सरकार छोड्ने चेतावनी दिएको छ ।

राप्रपाले आफ्नो पार्टीको दलिय आकारअनुसारको प्रतिनिधित्वको लागि उपप्रधानमन्त्री र चार मन्त्रालयको माग राखेको छ । तर राप्रपालाई उपप्रधानमन्त्री दिन नेपाली काँग्रेस सहमत नभएको बताइएको छ