छिमेकी राष्ट्रमा आणविक उर्जा भट्टीको होडबाजीः नेपाल उच्च जोखिममा

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना बढेको छ ।

छिमेकी मुलुकहरुका आणविक भट्टीमा हुन सक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरु बताउँछन् ।

वातावरणमा विकिरण (रोडियोधर्मी पदार्थ)को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।