घुस लिदै गर्दा मालपोतका खरिदार अख्तियारद्धारा पक्राउ

काम रोकेर सेवाग्राहीसँग घुस माग्ने गरेको खुलासा

बाँके । अख्तियारले बाँके मालपोतमा कार्यरत दुई कर्मचारीलाई ५ लाख घुसको रकम सहित पक्राउ गरेको छ ।

मंगलबार राती ९ धम्बोझी स्थित एक रेष्टुरेन्टमा सेवाग्राही सँग ४ लाख ९८ हजार घुस लिंदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको जानकारी दिएको छ ।

जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकर मागेको घुसको रकम बुझ्दै गर्दै मालपोतका कार्यरत खरिदार नर बहादुर सारु र लेखनदास सर्जु थापालाई अख्तियारले रंगेहात पक्राउ गरेको जानकारी दिएको छ ।

स्रोतका अनुसार, मातपोतका कर्मचारीले कारकाँदो स्थित एक व्यक्तिको नाममा रहेको जग्गा प्रमाणित गर्न घुस मागेका थिए ।