संदिग्ध आतंकवादको नियन्त्रण गर्ने ब्रिटिश प्रधानमन्त्री मेलेको उद्घोष

कानुन परिवर्तन गर्ने तयारी

वेलायत । संदिग्ध आतंकवादीहरुको स्वतन्त्रतामाथि नियन्त्रण र त्यस्तालाई उनीहरुकै देश फिर्ता पठाउने व्यवस्थालाई सहज बनाउन चाहेको ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बताइन्।

आफ्ना अन्तिममध्येका एउटा चुनावी अभियानलाई सम्बोधन गर्दा उनले त्यस्तो बताएकी हुन । मध्यलण्डनमा सातजनाको ज्यान जाने गरी शनिबार राति गराइएको हमलापछि प्रधानमन्त्री मेलेको त्यस्तो भनाई सार्वजनिक भएको हो।

प्रहरी र सुरक्षा निकायलाई आतंकवादको खतरासँग प्रभावकारी ढंगले जुध्नबाट रोक्ने मानव अधिकारसम्बन्धी जुनसुकै कानुन परिवर्तन गर्न आफू तयार रहेको बताएकी छन्।

लण्डन ब्रिज क्षेत्रमा भएको शनिबारको हमलामा दुईजना फ्रान्सका र एकजना क्यानाडाका विदेशी नागरिक पनि थिए।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)