प्रधानन्यायाधीशको असहज बहिर्गमन

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिएकी छन । बुधबार उनी ६५ वर्ष पुग्छन ।

बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुगेकी थिइन । सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ बजे नै बाहिरिएकी थिइन । तर, उनले न्यायाधीशका लागि मुद्दाको पेसी भने तोकेकी थिइन ।

कार्कीको अवकाशपछि बुधबारदेखि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै छन । सर्वोच्च प्रशासन स्रोतका अनुसार औपचारिक बिदाइका लागि सर्वोच्चमा कार्यक्रम गर्ने तयारी भए पनि कार्कीले अस्वीकार गरेकी थिइन ।

उनले आफ्नो च्याम्बरमा पुगेका न्यायाधीश र केही कर्मचारीलाई शुभकामना दिएर बाटो लागेकी थिइन । उनको बिदाइमा सर्वोच्चमा कुनै रौनक थिएन । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।