ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्र्याक्टर चालक भने फरार खोजी कार्य जारी

बर्दिया । ट्र्याक्टरको ठक्करबाट यहाँ आज बिहान एक जनाको मृत्यु भएको छ । राजापुरबाट पाताभारतर्फ गइरहेको से १ त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका– १ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से ५ प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावलको मृत्यु भएको हो ।

रावल र मोटरसाइकल पछाडि बसेका सोही स्थानका १४ वर्षीय सुरेश रोकाय घाइते भएका छन । रावलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । ट्र्याक्टर चालक भने फरार छन् । रासस