राजपा र सत्तापक्षबीच तीन बुँदे सहमतीः देउवा प्रधानमन्त्री हुुने निश्चित (सहमतीपत्रसहित)

स्थानीय निकाय संख्या सहमतीमा थपीने

काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनको समयमा आएर सत्तारुढ दलहरु कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम लगाएतका मधेशवादी पार्टीहरुबीच तीन बुँदे सहमती भएको छ ।

उक्त सहमती अनुसार आज हुने भनिएको प्रधानमन्त्री शेरबहादर देउवालाई ती दलहरुले जिताउन सघाँउने देखिएको छ । उनीहरुको मत समेत प्राप्त गरेपछि देउवाको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।

संसद भवन बानेश्वरमा भएको उक्त सहमती अनुसार २०७३ साउन १९ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, गठबन्धनबीच भएको सहमतीमा पुर्न प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी तराइका जिल्लामा स्थानीय तहको संख्या वृद्धि गर्ने विषयमा आपसि सहमतीका आधारमा अघि बढ्ने पनि उल्लेख गरीएको छ । हेर्नुहोस सहमती पत्र यस्तो रहेको छ ।

यो सहमती भएसँगै देउवाको पक्षमा राजपाको २४, माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ र कांग्रेका २०६ मत गरी जम्मा ३७९ मत प्रष्ट देखिएको छ । प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ ।