गुल्मीमा एकैघरका दुबै दाजुभाइ वडाध्यक्षका उम्मेदवार

गुल्मी । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् ।

मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन् ।

उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली काँग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा ९एमाले० को तर्फबाट उम्मेदवार बन्नुभएको हो ।

एकै घरका दुई दाजुभाइलाई एकै पदमा पार्टीले उम्मेदवार बनाएपछि उँनीहरुका आफन्त पनि दुईमध्ये कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

दुई भाइमध्ये दाजु यमबहादुर काँग्रेस बडागाउँको पार्टी सभापति हुनुहुन्छ भने भाइ ओमबहादुर एमाले बडागाउँ गाउँकमिटी उपाध्यक्षसमेतरहेका छन ।

यसरी दुई भाइ एकै ठाउँबाट फरकफरक पार्टीबाट उम्मेदवार बनेपछि स्थानीयको आशा अब कसले बाजी मार्ला भनेर निकै चासोका साथ हेरिरहेका छन् । यी दुई दाजुभाइ गत दश वर्षअघि नेपाली सेनाबाट अवकाश पाएर फर्केपछि राजनीतिमा प्रवेश गरेका हुन् । रासस