संसद बैठकबाट केपी ओलीको गर्जनः चुनावमा क कस्लाई हराउन नपाइने, प्रष्ट पार्न आग्रह (भिडियोसहित)

आज प्रधानमन्त्रीको निर्वाचन हुनेः देउवको पक्षमा प्रष्ट बहुमत

काठमाडौं । प्रमुख दलहरुबीच संसद सुचारु गर्ने विषयमा हिजो सहमती भएपछि आज संसद बैठक बिना अवरोध बसेको छ । अहिले संसद बैठकका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन ।

ओलीले संसद बैठकको सम्बोधनको सुरुमै चितवनको निर्वाचन र त्यहाँ देखिएको समस्याको विषयबाटु सुरु गरे । उनले बैठकबाट गर्जिदै प्रश्न गरे–‘स्थानीय निर्वाचनको कुन कुन स्थान क कसलाई हराउन नपाइने हो, त्यो प्रष्ट परिदिनु पर्यो । पहिले नै त्यस्तो थाहा पाएको भएमा हामी पनि त्यही ढंगले सोच्ने थियौ नि ।’

ओलीले चितवनको निर्वाचनको अवस्थाबाट डरलाग्दो संकेत गरेको जनाउदै माओवादीकी उम्मेदवार रेणु दाहालका प्रतिनिधिहरु एकाएक मतदान स्थलमा पुगेर मतपत्र च्यातेको आरोप समेत लगाए ।

मत गणना कार्य रोकिएको प्रति आपती जनाउदै ओलीले सरकारको कडा आलोचना गरेका छन । उनले सरकारले ठीक ढंगले निर्वाचनको वातावरण नबनाएको भन्दै त्यसमा ध्यान दिन आग्रह समेत गरेका छन।

आज सदन सुचारु भएपछि पहिलो चरण संसद बैठक सकिए लगत्तै प्रधानमन्त्रीको निर्वाचनको लागि प्रकृया सुरु गर्ने कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसकी सचेतक इश्वरी न्यौपानेले प्रधानमन्त्री पदका लागि एक्ला उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा स्पष्ट बहुमत रहेको हरपल नेपालसँग कुराकानी गदै बताएकी छन ।

सचेतक न्यौपानेले अब बन्ने सरकारसँग संविधानको कार्यान्वयनमा ध्यान दिदै तीन तहको निर्वाचनको कार्यक्रम पुरा गनुपर्ने मुख्य जिम्मेवारी रहेको समेत बताइन ।

प्रधानमन्त्रीको निर्वाचनपछि मुलुकले ४० औं प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाउने करिब करिब निश्चित जस्तै देखिएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ ।देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ । २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने सम्भावना छ ।

देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । संसद भवनबाट हरपल नेपालले तयार गरेको यो भिडियो सामाग्री हेर्नुहोस ।

LOADING...