ललितपुरको एक विद्यालयमा विद्यार्थीको मृत्युः कारण खुल्न सकेन

हत्या भएको परिवारको दावी

ललितपुर । ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कूलका एक विद्यार्थीको स्विमिङ गर्दा मृत्य भएको छ । अध्ययनरत शाहको रहस्यमय मृत्यु भएको छ ।

धनुषाको यदुकुवा गाउँपालिकामा स्थायी घर भएका होस्टेलमा बसेर कक्षा ८ मा अध्ययन गर्दै आएका राहुल शाह सोमबार साँझ स्विमिङ पुलमा मृत फेला परेका हुन ।

विद्यालय प्रशाशनले उनको स्विमिङ गर्दा मृत्यु भएको बताएको छ । तर उनका आफन्तजनले हत्या भएको दावी गरेका छन । मृतकको घाँटीमा र पेटमा चोट लागेको छ ।

शवको पोष्टमार्टमका लागी शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको महानगरीय प्रहरीले जनाएको छ ।
उक्त घट्नाबारे अनुसन्धान भइरहेको छ ।