कतारमा झण्डै चार लाख नेपालीको जीवन कष्टकर हुँदै

काठमाडौं । चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । उनी लगाएत कतारमा झण्डै चार लाख नेपाली विभिन्न सेवामा कार्यरत छन् ।

कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किने सीमामा पुगेका थिए । तर सधैंजसो उनले त्यो सीमा पार गर्न पाएनन् ।

त्यसरी फर्किने उनी एक्ला थिएनन् । कतारमै कम्पनी भएकाहरु आफ्ना क्याम्प फर्के । साउदी, कुवेत, यूएई र बहराइनबाट आउनेहरु बोर्डरछेउ गाडी रोकेर बसेका छन् । उनले भने–‘उता चार मुलुकबाट सामान लिएर आएका साथीहरु पनि साउदीतर्फको बोर्डरमा अड्किएका छन् ।’

आतंकबादलाई सघाएको भन्दै छिमेकी मूलुकले कतारसँगको सम्बन्ध विच्छेद गरेपछि त्यहाँ स्थिति झनै खराब त हुने होइन भन्नेमा नेपाली कामदार चिन्तित छन् ।

‘हाम्रो रोजगारीको भविष्य र दैनिक जिवन के हुन्छ ।’ उनले भने–‘हामी त अन्यौलमा छौं ।’ यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।