राजनीतिक नेतृत्वमा आउने जाने क्रम जारी रहन्छः प्रधानमन्त्री

कर्मचारीहरु स्थायी सरकार भएको दावी

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने बताएका छन ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित विदाई कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

अब आउँदो नौ महिना पछि फेरी आफुलाई प्रधानमन्त्री कार्यालयमा स्वागत गर्नका लागि मुख्य सचिव, सचिव तथा कर्मचारीहरुलाई तयार रहन उनले बताएका छन ।

देशका स्थायी सरकार भनेको प्रधानमन्त्री कार्यालयका मुख्य सचिव, सचिव तथा कर्मचारीहरु भएको उनले बताए ।