विश्व वातावरण दिवसको अवसरमा आश्रमले रोप्यो फुलका बिरुवा

नगरको सुन्दरता बढ्ने विश्वास

बाँके । नेपाल मानव धर्म सेवा समितिले आज नेपालगन्जको कारकाँदोमा विभिन्न जातका फुलको विरुवा रोपेको छ ।

मानव धर्मका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाल मानव धर्म सेवा समाज भेरी अन्चल आश्रमले विश्व वातावरण दिवसको अवसरमा विभिन्न जातका फुलका बिरुवा रोपेको सचिव तेज नारायण कंडेलले जानकारी दिए ।

भेरी अंचल प्रभारी महात्मा नन्दनि बाइजीको विशेष उपस्थितिमा फुलका बिरुवा रोप्ने काम भएको हो । हरियो बन नेपालको धन भन्ने मुल नाराका साथ मनाउन लागिएको विश्व वातावरण दिवसको अवसरमा फुल लगाएर शहरको सुन्दरता बढाउन खोजिएको समेत सचिव कंडेलले जानकारी दिए ।

यस अघि आश्रमले रक्तदान, फलफुल वितरण, सरसफाई लगायतका समाजिक हितमा विभिन्न कार्य गर्दै आएको छ ।