व्यवस्थापिका संसद बैठक मंगलबारसम्मका लागि स्थगित

एमालेलाई सहमतिमा ल्याउने प्रयास जारी

काठमाडौं ।प्रमुख प्रति पक्ष दल नेकपा एमालेले व्यवस्थापिका–संसद्को बैठक मंगलबारसम्म स्थगित गर्न आग्रह गरेपछि आज तीन बजेको बैठक स्थतिग भएको छ ।

सभामुख ओनसरी घर्तीले सहमतिका लागि शीर्ष नेताको बैठक संसद भवनमै बसालेकी थिइन । सो बैठकले मंगलबारसम्मका लागि संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

एमालेका नेताहरुले सहमतिका लागि सकारात्मक विचार व्यक्त गर्दै मंगलबारसम्म संसद्को बैठक स्थगित गर्न आग्रह गरेपछि आजको बैठक स्थगित भएको छ ।