छबि र शिल्पाको विहे पक्काः यो बर्ष नकटाउने गोप्य योजना (भिडियोमा हेर्नुहोस)

पहिले मंगलमको प्रदर्शन अनि जीवनमा मंगल कार्यको तयारी

काठमाडौं । नेपाली चलचित्र जगतमा ‘बा’ को नामबाट परिचित चलचित्र निर्माता छबिराज ओझा र उनका अधिकाशं चलचित्रहरुमा मुख्य भूमिकामा देखिने नायिका तथा मोडेल शिल्पा पोख्रेलबीच प्रेम सम्बन्धको हल्ला अब विवाहमा परिणत हुने पक्का पक्की भएको छ ।

विहेका लागि यो बर्ष नकटाउने छबि र शिल्पाको गोप्य योजना रहेको छ । उनीहरुले मंगलमको प्रदर्शनपछि परिवारको सहमतीमा आफ्नो जीवनमा पनि मंगल कार्यको तयारी गर्ने पक्का पक्की पनि गरिसकेका छन । आइतबार हरपल नेपाल डटकमद्धारा आयोजित विशेस कार्यकम्रमा छबिले त्यस्तो खुलासा गरेका हुन ।

छबिले मंगलमको सम्पूर्ण तयारी पुरा भैसकेको बताउँदै भने–‘यतिबेला हामी चलचित्रको साइत मिलाउने विषयमा सोचि राखेका छौ । मंगलमको प्रदर्शनपछि हाम्रो जीवनमा पनि मंगल कार्यको तयारी हुनेछ ।’

चलचित्र निर्माता छबिले विवाह कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा त्यो ठ्याक्कै साइतनै जुर्नेगरी मिति तयार नभएको तर यो बर्ष नकट्नेगरी आफुले योजना बनाएको बताए । उनले विवाहको लागि शिल्ला र आफुले परिवारसँग समेत सहमती लिइसकेको भन्दै त्यो सम्बन्धलाई औपचारीकता दिनमात्र बाँकी रहेको खुलासा गरे ।

आफुले चलचित्र जगतमा धेरैलाई स्थापित बनाएको कारण सबैले सम्मान गरेर ‘बा’ भनेको प्रष्ट पादै उनले जवानी भने अझै नसकीएको बताए ।

शिल्पाको उमेरसँग तुलना गरेरर सोधिएको प्रस्नमा उमेरले वैवाहीक जीवनमा कुनै फरक नपार्ने भन्दै उनले मन, भावना र उद्देश्यबीच मेल मिलाप भएमा जीवन खुशी हुने तर्क गरे ।

LOADING...