लण्डन ब्रिज घटनामा छ जनाको मृत्यु

घटनाको तीव्ररुपमा छानविन हुँदैछ

वेलायत । एउटा गाडी सडक पेटीमा हिंडिरहेका यात्रुमाथि जोताइएपछि सशस्त्र प्रहरीले मध्ये लण्डनस्थित एक प्रमुख पुल बन्द गराएको छ।

सो घटनास्थलमा रहेका एक जना व्यक्तिले एउटा सेतो भ्यान पाँच वा छ जना मानिस भएतिर सोझिएको आफुले देखेको बताएका छन्। प्रहरीका अनुसार घटनामा कम्तीमा छ जनाको ज्यान गएको छ।

लण्डन ब्रिज, बरा मार्केट तथा भक्सहल क्षेत्रमा भएका घटनापछि एक विज्ञप्ती जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ती घटनालाई सम्भावित आतंकवादी घटना मान्दै छानविन भइरहेको बताएकी छन्। यो घटनाक्रम तीव्ररुपमा छानविन हुँदैछ।

लण्डन ब्रिज घटनामा अहिलेसम्म थाहा भएका जानकारी
-लण्डन ब्रिज क्षेत्रमा भएका घटनाहरुमा एक भन्दा धेरै मारिएको हुन सक्ने पुष्टी गरेको छ।
-प्रधानमन्त्री टरिजा मे ले यसलाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन्।
-लण्डन ब्रिजमा एक सेतो भ्यान पैदलयात्रीमाथि जोताइउको छ। साथै केही मानिसले सर्वसाधारणलाई छुरा प्रहार गरेका छन्।
-लण्डन ब्रिज, बरा मार्केट तथा भक्सहल क्षेत्रका घटनाबारे प्रहरीले छानविन गर्दैछ।
-प्रहरीले हतियारधारी भएको हुन सक्ने तीन जना सन्दिग्धको खोजी गरिरहेको बताइएको छ।
-लण्डन ब्रिज रेलवे स्टेशन बन्द गरिएको छ।
-मेट्रोपोलिटन प्रहरीले भक्सहलको घटना छुरा प्रहारसंग सम्बन्धित रहेको र लण्डन ब्रिज तथा बरा मार्केट घटनासंग नजोडिएको जनाएको छ।
-लण्डन ब्रिज र बरा मार्केटको घटनालाई उसले आतंकवादी घटना भनेको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)