यार्सा सङ्कलनको मृत्यु

दार्चुला । दार्चुलामा एक जना यार्सा सङ्कलनको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

यार्सा सङ्कलनका क्रममा बिहीबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा हिमपहिरामा परी बैतडी, पुच्र्यौडी नगरपालिका–३ चनौलपानीका ४८ वर्षीय धौलसिंह बोहराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरामा परी चनौलपानीकै २१ वर्षीय जनक धामी गम्भीर घाइते भएकामा उपचारका लागि गोकुलेश्वरतर्फ ल्याइँदैछ । घाइते धामीको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

बोहराको शुक्रबार बिहान दाहसंकार गरिएको छ । यार्सा सङ्कलन गर्न बोहरा गत महिना दार्चुला गएका थिए । आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुला र बझाङको उच्च हिमाली भेगमा हरेक वर्ष यार्सा सङ्कलनका लागि मानिसहरु जाने गर्छन् । रासस