कलाकार प्रधानलाई आर्थिक सहयोग माग

काठमाडौं । चित्र कलाकार सुरेन्द्र प्रधान भोजन नलीमा देखिएको अर्बुद रोगका कारण नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धिमा उपचाररत छन ।

जेजे स्कुल अफ आर्टस, बम्बई, भारतबाट स्नातक उनी घनवाद र दृष्टान्त चित्रमा काम गरिरहेका छन । ललितकला हातेमालो अभियानले उनको उपचारार्थ कलाकार तथा शुभेच्छुकहरुसँग आर्थिक सहयोगका लागि माग गरेको अभियानका संयोजक शान्तकुमार राईले बताए । रासस