प्रधानमन्त्री निर्वाचनको कार्यसूची(पुर्णपाठसहित)

देउवालाई माओवादी केन्द्रले समर्थन गर्ने

काठमाडौ । व्यवस्थापिका संसदको नियमावली बमोजिम सभामुख ओनसरी घर्तिले जेठ २१ गते बिहान एघार बजेका लागि प्रधानमन्त्रीको निर्वाचन कार्यसुचि सार्वजनिक गरेकि छन ।

संसद सचिवालयले आज दिउँसो प्रकाशित गरेको सुचनामा भोली प्रधानमन्त्रीका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने भएका छन । अन्तिम नामावली पनि भोली नै प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको भद्र सहमति अनुसार देउवालाई प्रधानमन्त्री बनाउन लागि माओवादी केन्द्रले पुर्ण रुपमा समर्थन दिने बताएको छ । व्यवस्थापिका संसद नियामवली अनुसार नै आइतबार निर्वाचन हुनेछ ।