प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुँदैनः प्रतिपक्ष दल

अबरुद्ध संसदलाई खोल्ने वातावरण बनाउनु पर्नेमा जोड

काठमाडौ । जेठ २१ गते तोकिएको प्रधानमन्त्रीको निर्वाचन विरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहितको विपक्षी गठबन्धनले कडा विरोध गर्ने बताएका छन ।

आज एमाले लगाएत प्रतिपक्ष गठबन्धनको एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा बसेको बैठकले त्यस्तो बताएको हो ।

सरकारले आफ्नो मनोमानीत रुपमा सुचना प्रकाशन गरी प्रधानमन्त्रीको निर्वाचन गर्न नसक्ने र निर्वाचन गर्नका लागि अबरुद्ध संसदलाई खोल्ने वातावरण बनाउनु पर्ने बताएका छन ।