सरकार गठनको तयारीमा जुटे दलहरुः आईतबार प्रधानमन्त्रीको निर्वाचन हुने

प्रधानमन्त्रीका लागि देउवाको उम्मेदवारी भोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएपछि राष्ट्रपति बिद्यादेबी भण्डारीले सहमतीय सरकारको लागि दिएको समयावधिमा त्यसले प्रगति गर्न नसकेको भन्दै हिजो उनले बहुमतिय प्रकृयाबाट सरकार गठन गर्न बाटो खुल्ला गरिदिएकी छन ।

राष्ट्रपतिले सहमतीय सरकारको लागि दिएको सातदिने समय बुधबार सकिएपछि उनले सर्वदलिय बैठकको आह्वान गरेर पुर्न दलहरुबीच सहमतीको प्रयास गरेकी थिइन, तर उक्त प्रयास समेत सफल नभएकाले बहुमतीय प्रकृयाबाट सरकार गठन गर्न निर्देशन गरेकी हुन ।

सरकार गठनका लागि बाटो खुल्ला भएको भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले २१ जेठमै प्रधानमन्त्रीका लागि निर्वाचन हुने बताएका छन् ।

राजधानीमा हिजो आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नायकले एमालेका कारणले संसद् अवरुद्ध भएपनि २१ जेठमै प्रधानमन्त्रीको चयन हुने तयारीमा दलहरु जुटिराखेको बताए ।

‘एमालेको अवरोधका कारण बिहीबारको बैठक बस्न सकेन, अर्को बैठक २१ जेठमै बस्दै छ,’ उनले भने, ‘शुक्रबार नै प्रधानमन्त्री निर्वाचनका लागि परामर्श समिति बैठक बस्छ, त्यसले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै छ ।’

मन्त्री नायकले प्रधानमन्त्रीका लागि भालि (शनिबार) कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने अन्तिम तयारी भएको बताएका छन् ।

उनले बहुमतीय सरकारको निर्माणका लागि कांग्रेस, माओवादीको गठबन्धनसँग प्रष्ट बहुमत अहिले पनि रहेको भन्दै केही दिनमै सरकार गठनको कामले प्रूर्णता पाउने दाबी गरे ।

‘एमालेले अनावश्यक शंका गरेर संसद अबरुद्ध पार्ने काम गरेको र निर्वाचनबारे भ्रम सिर्जना गरिरहेको भन्दै उनले भने–‘ निर्वाचन हुदैँन भनेर एमालेले पहिलेदेखि नै भ्रम फैलाएको थियो, निर्वाचन मुखमा पनि उसले हुँदैन कि भनेर भनेको थियो तर निर्वाचन समयमै सम्पन्न भएपछि झनै औडाहा भएको छ । त्यसैले अहिले पनि अनावश्यक कुराहरु गरिरहेको छ ।’