जलवायु परिवर्तनबारे चीन र युरोपको चासो: पेरिस सम्झौता कार्यान्वयनमा जोड

विश्वव्यापी तापमान २ डिग्री मात्र बढ्न दिने प्रतिबद्धता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी प्यारीस सम्झौता कार्यान्वयनबारे आनाकानी गरिरहँदा चीन र इयुले सम्झौताको समर्थनमा एक संयुक्त वक्तव्य प्रकाशित गर्ने तयारी गरेका छन्।

चिनियाँ तथा युरोपेली नेताहरुले  पेरिस सम्झौताको कार्यान्वयनका निम्ति उच्चतम राजनीतिक प्रतिबद्धतामा जोड दिइएको छ।

इयु र चीनले  पेरिस सम्झौतालाई ऐतिहासिक उपलब्धि मान्दै साझा राजनीतिक इच्छाशक्ति र आपसी विश्वास विश्वले सामना गरेको सबभन्दा ठूलो समस्या समाधान गर्न प्रभावकारी हुने उल्लेख गरिएको छ।

चीन र इयुको सो तयारीलाई प्यारीस सम्झौताबाट अमेरिकाले हात झिक्ने भन्ने विषयमा छलफलरत राष्ट्रपति ट्रम्पविरुद्धको कदमको रुपमा हेरिएको छ।

ट्रम्पले उक्त सम्झौताबाट अमेरिकालाई अलग्याउने वा नअलग्याउने भन्ने विषयमा निर्णय सुनाउने तयारी गरेको बताइएको छ।

शुक्रबार सार्वजनिक गरिने ठानिएको जलवायु परिवर्तन र स्वच्छ उर्जाबारे सो संयुक्त वक्तव्यका निम्ति चिनियाँ तथा इयु अधिकारीहरु एक वर्षभन्दा धेरै समयदेखि कार्यरत रहेका थिए।

 पेरिस सम्झौता अन्तर्गत देशहरुले विश्वव्यापी तापमानलाई औद्योगिक युगभन्दा अघिको तुलनामा औसत २ भन्दा कम डिग्री सेल्सियसले मात्र बढ्न दिने प्रतिबद्धता जनाएका थिए।(अन्तराट्रिय सञ्चारमाध्मबाट)