‘निर्वाचनअघि प्रधानमन्त्री नफेरौं’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिएकि छन ।

उनका अनुसार, ‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा प्रधानमन्त्री बदल्ने कार्य ठीक भएन । एउटै प्रधानमन्त्रीले एकै किसिमको निर्वाचन गर्दा राम्रो हुन्छ ।’

राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको सर्वदलीय बैठकमा उनले भनिन, ‘राष्ट्रिय मुद्दामा दलहरुबीच एकता अपरिहार्य छ । चुनावमा तपाईंहरू दलीय नेतृत्व गर्नुहोस् तर राष्ट्रिय मुद्दामा दल होइन, राष्ट्र र जनता हुनुपर्छ ।’ यो समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।