देउवाले बोलाएको सर्वदलीय बैठक छोडेर भारतीय दूतावासमा

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् ।

सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जानको लागि आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् ।

राजपा निकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९ बजे भारतीय दूताबासमा पुगेका हुन ।

दूताबास गएका कारणले गर्दा राष्ट्रिय सहमतीको सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय
उक्त बैठकमा राजपाका शीर्ष नेताहरु अनुपस्थित रहेका छन ।

बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित थिए ।

अध्यक्ष मण्डलका सदस्यहरु भने उपस्थित भएनन् । उनीहरु भारतीय दूताबासको बैठकमा गएका थिए ।

यद्यपि दूताबासमा के छलफल भयो भन्ने नेताहरुले बताएका भने छैनन् ।