दुई वर्षदेखि बिद्यालयमा कक्षाकोठा नहुँदा पठनपाठनमासमेत समस्या

बैतडी । बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएको थियो जुन त्यो छाना अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा निकै समस्या देखिएको छ ।

दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदाखेरी आवश्यकताअनुसार कक्षाकोठाको ब्यवस्था नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविमा पठनपाठनमा समस्या भएको हो ।

विसं २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त भट्टले जानकारी एिका छन ।

विद्यालयसँग आन्तरिक आय केही नभएकाले विद्यालय भवन निर्माण गर्न सकिएको छैन, प्रधानाध्यापक भट्टका अनुसार “विद्यालयमा कक्षाकोठाको अभावमा बहुकक्षा शिक्षण गर्नुपरेको छ ।”

मौसम प्रतिकूल भएको बेला विद्यालय नै आउन छोडेको छात्रा धाना भाटले बताईन । उनले भने “पानी परेका बेला विद्यालयमा बस्ने कोठा नै छैनन्, त्यसैले विद्यालय जानै छोडेको हो मैले ।”

विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयसम्म धाउँदा समेत केही सीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त कुँवरले जानकारी गराएका छन ।

विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब दिनसमेत धौधौ परिरहेको छ, उनले भने “आन्तरिक स्रोतबाट भौतिक संरचना निर्माणकोकुनै पनि काम गर्न सकिएको छैन ।”

देशको सरकारी संस्थान भनि चिनिने आँखाको ज्योति, सच्चा पहेदार र निस्पक्ष शिक्षाको दियो जिल्ला शिक्षा कार्यालयले पनि बर्तमान अवस्थामा राजनीतिक पहुँचका आधारमा भवन निर्माण र पुनःनिर्माण गर्ने भएकाले आफूहरुलाई निकै ठुलो अप्ठ्योमा  परेकोसमेत उनले बताए । रासस