मानपदवी नलिने प्रकाश दाहालको घोषणा

काठमाडौं । सर्वत्र रुपमा आलोचना भएपछि प्रचण्ड पुत्र प्रकाश दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारले दिने भनिएको मानपदवी नलिने घोषणा गरेका छन् ।

सरकारले गणतन्त्र दिवस ०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको छ । जसमा दाहालको नाम चितवनका समाजसेवी भनेर सुप्रबल जनसेवाश्री पाउनेको सूचीमा उल्लेख छ ।

प्रचण्डपुत्रलाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने खबर आएपछि समाजिक सञ्जालमा विभिन्न तरीकाले टिकाटिप्पणी भइरहेको छ
मानपदवीलाई लिएर आलोचना बढेपछि दाहालले मानपदवी नलिने बताएका छन् ।

सरकारको निर्णयप्रति आभार व्यक्त गर्दै दाहालले आफ्नो फेसबुकमा लेखेका छन्, पदकका लागि मेरो कुनै आकांक्षा छैन र थिएन पनि ।त्यसैले देश र जनताको हितका निम्ति त्याग, तपस्या, बलिदान र जीवन समर्पण गर्ने महान योद्धाहरुको भूमिका र ेउँहाहरुको योगदानको हृदय देख नै सर सम्मान गर्नु मेरो कर्तव्य हो ।

त्यही कर्तव्यलाई प्रमुख जिम्मेवारीकासाथ बोध गर्दै मलाई प्रदान गरिएको पदक सामाजिक सञ्जालद्धारा टुईटर मार्फत नलिने घोषणा गर्दछु ।