कोहलपुुर नगरपालिकामा मत गणना जारीः काँग्रेस, माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा(हेर्नुहोस भिडियोसहित)

माओवादी, काँग्रेसलाई पछि पार्दै एमाले अग्रस्थानमा

बाँके । कोहलपुर नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । मेयर र उपमेयरमा प्रमुख तीन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

उक्त नगरपालिकामा अहिलेसम्म करिब तीन हजार मत गणना भइसकेको छ । अहिलेसम्मको मत परिणामलाई हेर्दा माओवादी, काँग्रेसलाई पछि पार्दै एमाले अग्रस्थानमा रहेको छ ।

अहिले उक्त नगरपालिकाको वडा नम्बर 15 को मत गणना भइरहेको छ । उक्त नगरपालिकाको वडा नम्बर १ मा एमालेका गोपिलाल खनाल विजयी भएका छन। उनले ४१८ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी पार्टी काँग्रेसले ३५४ र माओवादीले ४१६ मत प्राप्त गरेको छ ।

अहिलेसम्मको विस्तृत मतदान परिणाम यस्तो छ।
मेयरमा                  माओवादी केन्द्र       -८१९
मेयरमा                 काँग्रेस                     -८०८
मेयरमा                 एमाले                     -८८६
उपमेयरमा            माओवादी केन्द्र     -८३३
उपमेयरमा           काँग्रेस                    -८०४
उपमेयरमा           एमाले                    – ९९३