दाङको गढवा गाउँपालिका –१ मा एमाले प्यानलसहित विजयी

दाङ । दाङको गढवा गाउँपालिकाको वडा नं १ मा एमाले प्यानलसहित विजयी भएको छ ।

उक्त गाउँपालिकामा वडाध्यक्ष पदमा एमालेका उम्मेदवार बाबुराम अधिकारी ५७७ मत प्राप्त गरी विजयी भएका हुन् ।

अधिकारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवासचन्द्र योगीले ५१९ मत प्राप्त गरेका छन ।

त्यसैगरी एमालेबाटै महिला सदस्यमा हेमन्तीकुमारी कुमाल ६३२ मत, दलित सदस्य रेखा परियार ६१२ मत तथा खुल्ला सदस्यमा देवीलाल थारु ५६०, र डम्बर योगी ५६७ मत प्राप्त गरी विजयी भएका छन् ।