पराजुली प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।

उक्त परिषदको बिहीबार बसेको बैठकले उनलाई प्रधान्यायाधीशमा सर्वसम्मत चयन गर्दै संसदीय सुनुवाइ विशेष समितिमा पठाउने निर्णय समेथत गरेको हो ।

सत्तारुढ दल नृेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पराजुलीका बिषयमा केही समय छलफल गरेको थियो ।

उनको बारेमा प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहि चासो व्यक्त गरेको स्रोतले जनाएको छ । यद्यपी उनले पराजुलीलाई प्रधानन्यायाधीशका लागि समर्थन गरेका छन ।