बर्दियाको ठाकुरबाबा नगरपालिकाको स्थगित मतगणना सुरु (हेर्नुहोस भिडियोसहित)

माओवादी र एमालबीच प्रतिस्पर्धा

बर्दिया । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकटको देजमोले अवरोध जनाएपछि केहिवेर अबरुद्ध भएको मत गणना कार्य पुनः सुचारु भएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय राजनीति दलका शिर्ष नेता, वैद्य माओवादी र निर्वाचन कार्यालयबीच सहमति भए लगत्तै मत गणना सुरु भएको हो ।

अहिले उक्त नगरपालिकाको वडा नं २ को मत गणना भइरहेको छ । अहिलेसम्म भएको मत गणनाका आधारमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच प्रतिस्पर्धा भएको छ । नेपाली काँग्रेस तेश्रो स्थानमा छ ।