तीन वटै प्रदेशको मत परिणाम सार्बजनिक

कुन कुन ठाउँमा भयो माओवादी केन्द्र विजयी

दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडानम्बर ९ मा माओवादी केन्द्रको प्यानल नैविजयी भएको छ ।

प्रदेश नं ७ को बझाङको थलरा गाउँपालिका वडा नं १, चिरबित्थड गाउँपालिका वडा नं ३, दुर्गाथली गाउँपालिका वडा नं ६, र मष्टा गाउँपालिकाको एउटा वडामा गरि ४ वडामा माओवादी केन्द्र बिजय भएको छ ।

खोटाङको जन्तेढुंगा गाउँपालिकाको वडा नम्वर १ मा माओवादी केन्द्र विजयी भएको छ । माथिको मत परिणमले दोश्रो चरणको स्थानीय निर्वाचनमा माओवादीले राम्रो नतिजा प्राप्त गर्ने देखिएको छ ।