बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमाले प्यानलै विजयी

बैतडी । दोश्रो चरणको निर्वाचनमा बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द वडा अध्यक्षमा निर्वाचित भएका छन । उनले ४९२ मत ल्याएर विजयी भएका छन ।

उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका जमनसिंह साउँदले ३२५ मत ल्याएका छन । परणबहादुर चन्द सहित वडा नं १ मा एमालेको प्यानलै विजयी भएको हो । पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भईरहेको छ ।

अहिले सम्म पञ्चेश्वर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । अध्यक्षमा एमालेका गोरखबहादुर चन्द ५४२,नेपाली कांग्रेसका दिनेश बहादुर चन्दले ३१०,माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८, राप्रपाका विरेन्द्रबहादुर चन्दले १२ मत ल्याएका छन ।

त्यस्तै उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८,नेपाली कांग्रेसका विन्दु चन्द २८४ र माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ मत प्राप्त गरेकी छन । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।