रुपन्देहीका १२ स्थानीय तहमा मतगणना सुरु

रुपन्देही । रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा मतगणना सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिकामा राति १२ बजेबाट मतगणना सुरु भएको थियो ।

यहाँ काग्रेस र माओवादी केन्द्रको तालमेल छ भने एमाले एक्लै चुनावमा गएको छ । वडा नम्बर १ को १ सय मतमध्ये नेपाली कांग्रेसका हिराबहादुर खत्री ३७, एमालेका टीकाराम चापागाई २४ मत ल्याएका छन् । उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङ २१ र माओवादी केन्द्रकी टीका गौतमले ३३ मत ल्याएका निर्वाचन अधिकृत श्रीकृष्ण नेपालले बताए ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा राति ११ बजेबाट मतगणना सुरु भएको थियो । अहिलेसम्म ९०३ मत गणना गरिएको छ ।

अध्यक्षमा कांग्रेसका विनोदकुमार श्रीवास्तवले ३५२ संघीय समाजवादी फोरमका कमलपति यादवले २१४ र स्वतन्त्रका अशोककुमार शुक्लाले ८३ मत ल्याएका छन् । यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसका प्रियंका सिंह शाहीले ३४९, संघीय समाजवादी फोरमका शाहिदा खातुनले १९१ र स्वतन्त्रका कमलुद्धिन खानले ८५ मत ल्याएका निर्वाचन अधिकृत कमल पन्थीले बताए ।

बुटवल उपमहानगरपालिकासहित रुपन्देहीका केही स्थानीय तहमा मतगणना प्रक्रिया सुरु भएको छ । १९ वडा रहेको बुटवलमा बिहान १ बजेबाट मतगणना सुरु भएको थियो । वडा नम्बर १ का ६ सय मत गन्न सुरु गरे पनि अहिलेसम्म मत परिणाम आएको छैन ।

सैनामैना नगरपालिकामा बिहान ८ बजेपछि मतगणना हुने छ भने तिलोत्तमा नगरपालिकामा १० बजेदेखि मतगणना गर्ने बताइएको छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा राति ११ बजेबाट मतगणना सुरु भएको थियो । अहिलेसम्म ९०३ मत गणना गरिएको छ ।

अध्यक्षमा कांग्रेसका विनोदकुमार श्रीवास्तवले ३५२ संघीय समाजवादी फोरमका कमलपति यादवले २१४ र स्वतन्त्रका अशोककुमार शुक्लाले ८३ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका प्रियंका सिंह शाहीले ३४९, संघीय समाजवादी फोरमका शाहिदा खातुनले १९१ र स्वतन्त्रका कमलुद्धिन खानले ८५ मत ल्याएको निर्वाचन अधिकृत कमल पन्थीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।