बाँकेको कालाफाँटामा आगलागी, १३ घर जलेर नष्ट

अहिले त्यहाँको स्थिति सामान्य

बाँके । बाँकेको कालाफाँटामा आज आगलागी भएर १३ वटा फुसको घर र केही गोठहरु जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको
छैन ।

प्रहरी नायब उपरीक्षक कमल थापाको नेतृत्वमा खटिएको टोलीले आगोलाई नियन्त्रणमा लिएको छ । अहिले त्यहाँको स्थिति सामान्य छ । रासस