विराटनगरमा नक्कली मतदाता परिचय पत्रबाट मतदान गर्ने एक जना पक्राउ

प्रहरीले थप अनुसन्धान गर्दै

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित कन्या क्याम्पसबाट नक्कली मतदाता परिचय पत्र लिएर मतदान गर्न गएका पुरुषोत्तम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२९ वर्षीय आचार्यले आफ्ना भतिजा दुर्गा आचार्यको मतदाता परिचय पत्र लिएर मतदान गर्न जादा प्रहरीले पक्राउ गरेको हो । उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको छ ।

सोही ठाउँका नागरिकता नम्बर ०५१०६६८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा उनी भोट हाल्न आएका थिए ।