नवलपरासीमा बर्दघाट वडा नम्बर ३ को मतदान सकियो

८७ प्रतिशत मतदाता सहभागी

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ३ मा मतदान सकिएको छ ।

उक्त वडा नम्बरमा ४६६ मतदाता रहेकोमा ८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

तराई क्षेत्रमा रहेको उक्त जिल्लामा चुनाव बहिष्कारमा रहेका संगठनहरुले असर गर्न सक्ने संका गरिएता पनि त्यहाँको मतदान कार्य उत्साहजनक तरिकाले सम्पन्न भएको जनाइएको छ ।