प्रधानमन्त्री देउवाको सुरक्षाका लागि गएको प्रहरीको जिप दुर्घटना

१२ जना घाइते, उपचार हुँदै

कैलाली । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि गएको एक जिप कैलालीको सहजपुरमा दुर्घटना भएको छ ।

आज धनगढीबाट डोटीको बोर्डरसम्मका लागि प्रधानमन्त्री देउवालाई लिन जाने क्रममा से१ख १५०३ को उक्त भाडाको एक जिप दुर्घटना भएको हो ।

त्यस दुर्घटनामा परि १२ जना घाइते भएका छन् । सेती अञ्चल अस्पतालका अनुसार ८ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विहानदेखि निरन्तर रुपमा भएको बर्षाका कारण बाटोमा चिप्लो भएको हुँदा गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले बताएको छ ।